संविधान बनेको लामो समयसम्म प्रहरी समायोजन हुन नसक्नु गलत : मुख्यमन्त्री कार्की (भिडिओ) – Nepal Press

संविधान बनेको लामो समयसम्म प्रहरी समायोजन हुन नसक्नु गलत : मुख्यमन्त्री कार्की (भिडिओ)

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान बनेको लामो समयसम्म प्रदेश सरकार अन्तर्गत प्रहरी समायोजन हुन नसक्नु गलत भएको बताएका छन् ।

६९औं प्रहरी दिवसको अवसरमा विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा बुधबार आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधान अनुसार प्रदेश सरकारअन्तर्गत तत्काल प्रहरी समायोजन गर्न माग गरे ।

प्रहरीको संख्या वृद्धि गर्नुभन्दा प्रविधिको प्रयोग गरी प्रहरीको क्षमता र दक्षता अभिवृद्धि गर्न सकिने उनको भनाइ छ । प्रदेश मातहतमा प्रहरी समायोजन भएको दुई वर्षभित्रमा प्रहरीहरूलाई साधन स्रोत सम्पन्न बनाउने कार्कीले बताए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले सरकारको उपस्थिति देखाउने पहिलो युनिट भनेकै प्रहरी भएकाले यसलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

प्रहरी दिवसको अवसरमा विभिन्न क्षेत्रबाट शान्ति सुरक्षा र कानून कार्यान्वयनमा सहयोग गर्नेहरूलाई सम्मानित गरिएको थियो । मुख्यमन्त्री कार्कीले १ लाख रूपैयाँ राशीको साधना प्रहरी सम्मान प्रहरी वरिष्ठ नायब निरीक्षक गोपाल थापा मगरलाई, २५ हजार राशीको विप्लव थापा स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कार प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकी र उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रहरी सहायक हवल्दार सीताकुमारी दुलाललाई प्रदान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर