पशुपति धर्मशाला नजिक पुगेको महानगरको डोजर प्रहरीको नियन्त्रणमा – Nepal Press

पशुपति धर्मशाला नजिक पुगेको महानगरको डोजर प्रहरीको नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीले साथ नदिएपछि गौशाला धर्मशालाबाट रित्तो फर्किएको काठमाडौं महानगर प्रहरीको टोली पुन: २ वटा डोजरसहित पुगेको छ । धर्मशालानजिकै रहेको गौशालाको संरचना अवैध रहेको भन्दै डोजर लिएर नगर प्रहरी त्यहाँ पुगेको हो । मारवाडी सेवा समितिले सञ्चालन गरेको गौशाला (गाई गोठ) संरचनाको नक्सा पास नगरिएको महानगरको भनाइ छ ।

महानगरको २ वटै डोजर अहिले गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको छ ।

तेस्रोपटक आज दिउँसो धर्मशाला खाली गराउन गएको काठमाडौं महानगर प्रहरीको टोली प्रहरीले धर्मशाला भित्र पस्न नदिएपछि महानगरको साइनबोर्ड लगाएर फर्किएको थियो ।

हिजो पनि नगर प्रहरी धर्मशाला खाली गराउन पुगेको थियो । महानगरले पशुपति गौशाला धर्मशाला खाली गराउन जानुअघि प्रहरी/प्रशासनको सहयोग खोजेको थियो । सुरक्षा उपलब्ध गराउन आग्रह गर्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पठाएको पत्रमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य सकारात्मक भएनन् । उनले आपसी छलफलबाट विवाद मिलाउन आग्रह गरेका थिए ।

जिप्रकाले सुरक्षा उपलब्ध नगराए पनि नगर प्रहरीको टोली धर्मशाला खाली गराउन गएको थियो । धर्मशालामा महानगरको बोर्ड राख्न खोज्दा हिजो मारवाडी सेवा समितिले अवरोध गरेपछि नगरप्रहरी यत्तिकै फर्किएको थियो ।


प्रतिक्रिया

3 thoughts on “पशुपति धर्मशाला नजिक पुगेको महानगरको डोजर प्रहरीको नियन्त्रणमा

  1. पुलिसको गतिविधि शंकास्पद छ है । नक्सा पास नगरेर बनाएको संरचना पनि भत्काउन नपाउने किन ? प्रहरी रक्षक कि भक्षक ?

  2. adalat le vane pacchi…yo gunda sarkar, Marwari ko dana ma paleko ho……why police are so fool ….KP oli ko decline phase ….

  3. दलीय चपेटामा धार्मिक स्थलहरु ! मारवाडी समुदाय पनि दलीय चंगुलमा लिएर हावी व खोजेको देखिन्छ । तुरुन्त पुलिसले सहयोग गरोस । नत्र महानगरको कार्यमा जनता जागे भने पुलिसले रोक्न सक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर