सरकार परिवर्तनको हल्ला निराधार: प्रधानमन्त्री ओली (भिडिओ) – Nepal Press

सरकार परिवर्तनको हल्ला निराधार: प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार परिवर्तनको हल्ला निराधार भएको बताएका छन् ।

६९ औं प्रहरी दिवसका अवसरमा बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले दसैँपछि सरकार परिवर्तन हुने हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने बताए ।

 

ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिले बनेको दुईतिहाइको सरकार खरानीको डल्लो नभएको उनले बताए । प्रधानमन्त्री ओलीले देशलाई परिवर्तन गर्न ठूला दल मिलेर सरकार बनेको स्पष्ट पारे ।

आफूले एक वर्ष ९ महिना नेतृत्व गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले आगामी आमनिर्वाचन कांग्रेस सभापति देउवाको नेतृत्वमा हुनेसमेत बताए ।

उनले अहिलेको संविधान र प्रणालीको रक्षा गर्दै जनताको अधिकारलाई सुदृढ बनाइने जिकिर गरे । उनले प्रहरीसम्बन्धी कानून छिट्टै पारित गर्ने र प्रहरीमा नयाँ दिनको उदय हुने बताए ।

समारोहमा नेपाल प्रहरीबाट कवाज, झाँकी तथा डेमोन्स्ट्रेशन र नेपाल प्रहरीको इतिहासदेखि कार्य प्रकृतिसम्म झल्कने प्रस्तुति देखाइएको थियो ।


प्रतिक्रिया

One thought on “सरकार परिवर्तनको हल्ला निराधार: प्रधानमन्त्री ओली (भिडिओ)

  1. हल्ला दिल्लीका टट्टुहरूले गरेका हुन् । चीनसँग पनि विद्युत व्यापार सम्झौता हुन लाग्यो भनेर दिल्ली र यसका नेपाली टट्टुहरूलाई खपिनसक्नु भएको छ । यहि कारणले सरकार नै हटन सक्छ । काँग्रेसमा भएका टट्टुहरू प्रयोग गरेर देउवालाई कमजोर बनाएर ओलि हटाउन सक्छ । चीनसँग पारवहन सन्धि भएकाले पहिला माओवादी र एमाले कै टट्टु प्रयोग गरेर हटाएको हो । तर ओलि, कुनै हालतमा सम्झौता गर । तिम्रो पद गए पनि यो नेपालको रणनीतिक महत्वको सम्झौता हुनेछ र दिल्ली र यसका टट्टुहरूमाथि चोटिलो प्रहार हुनेछ । तिम्रो यो गुन नेपाली जनताले कहिल्यै विर्सने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *