डडेल्धुरा दुर्घटनाका घाइतेहरूको उपचारमा ध्यान दिन एमाले सुदूरपश्चिमको माग – Nepal Press

डडेल्धुरा दुर्घटनाका घाइतेहरूको उपचारमा ध्यान दिन एमाले सुदूरपश्चिमको माग

 कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले डडेल्धुरा दुर्घटनाका घाइतेहरूको उपचारमा ध्यान दिन सम्बन्धित सबै पक्षसँग माग गरेको छ ।
एमाले प्रदेश कमिटी सचिव रणबहादुर चन्दले एक विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारको विषयमा ध्यान दिन आग्रह गरेको जनाएका छन् ।
‘मृतकजनहरुको परिवारमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित यथाशीघ्र उपचारमा ध्यान दिन सम्बन्धित सम्पूर्ण सरोकारवाला र सरकारसँग जोडदार माग गर्दछौँ’ सचिव चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मंगलबार राती महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । एमाले प्रदेश कमिटीले बस दुर्घटना प्रति  दुख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरू प्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर