अर्घाखाँचीमा ‘सरायँ नाच’को रौनक, हजारौँ सहभागी – Nepal Press

अर्घाखाँचीमा ‘सरायँ नाच’को रौनक, हजारौँ सहभागी

रुपन्देही ।  अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल राँगामारेको ऐतिहासिक सरायँ नाचमा बुधबार हजारौँको सहभागिता रह्यो ।
अर्घाखाँचीकोका मात्रै नभएर सो स्थानमा गुल्मी, प्युठान तथा आसपासका जिल्लाबाट ठूलो संख्यामा स्थानीयको सहभागिता रहेको स्थानीय कृष्ण पाण्डेले बताए ।
No description available.
बडादसैँको दिनदेखि कोजाग्रत पूर्णिमासम्म जिल्लाका कोट तथा शक्तिपीठहरुमा ‘सरायँ नाच’ हुन्छ। सरायँ नाचमा महिला र पुरुषहरू हातमा तरबार, खुँडा, खुकुरी आदि लिएर ‘वाखै भाइ हो ह’ भन्दै सराएँ नाच्ने गर्दछन्।
हिन्दु सांस्कृतिक परम्पराको जगेर्ना साथै सबै समुदायबिच धार्मिक र जातीय सद्भाव कायम गरी भाइचाराको सम्बन्ध विस्तार गर्न सराएँ नाच नाच्ने गरिन्छ। सराएँ  सबै जातजाति एकै ठाउँ भएर नाचिने नाच हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर