एनपिएका लागि पोखरा एभेन्जर्सले अमेरिकन क्रिकेटर एन्ड्रिज गौसलाई भित्र्यायो – Nepal Press

एनपिएका लागि पोखरा एभेन्जर्सले अमेरिकन क्रिकेटर एन्ड्रिज गौसलाई भित्र्यायो

पोखरा । पोखरा एभेन्जर्सले नेपाल प्रीमियर लिग (एनपिएल) का लागि अमेरिकन क्रिकेटर एन्ड्रिज गौसलाई भित्र्याएको छ ।
पोखराले सामाजिक सञ्जालमार्फत गौसलाई भित्र्याएको जनाएको हो । दक्षिण अफ्रिकामा जन्मिएका गौस अमेरिकाबाट क्रिकेट खेल्दै आएका छन् । उनले अमेरिकाबाट २० टी-२०आइमा ५९८ रन बनाएका छन् ।
३० वर्षीय विकेटकिपर ब्याटर गौससँग दक्षिण अफ्रिकाको यु-१९ टोलीबाट खेलेको अनुभव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर