तीन फरार प्रतिवादी पक्राउ – Nepal Press

तीन फरार प्रतिवादी पक्राउ

डोटी । प्रहरीले कैलालीका विभिन्न स्थानबाट तीन फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

कैलाली जिल्ला अदालतबाट फरक फरक मुद्दामा कसुरदार प्रमाणित भई कैद र जरिवाना ठेकिएका प्रतिवादीहरूलाई बुधवार पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले जानकारी दिएको छ ।

पक्राउ हुनेमा कैलाली धनगढी उपमहानगरपालिका-१६ बस्ने २७ वर्षीय धर्म सिंह बोहरा रहेका छन् । बोहरालाई ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष ५ महिना ३ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना ठेकिएको थियो ।

यस्तै, चोरी मुद्दामा १ महिना कैद र ४५ हजार ८ सय जरिवाना तोकिएका कैलाली, गोदावरी नगरपालिका-८ का ३५ वर्षीय गंगाराम चौधरी र चोरी मुद्दामै २३ दिन कैद र चार हजार रुपैयाँ जरिवाना तोकिएका गोदावरी नगरपालिका-१ का २५ वर्षीय विनीत बडू रहेका छन् ।

निजहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *