बिपी राजमार्गमा सवारी चाप बढ्याे, यात्रा कष्टकर – Nepal Press

बिपी राजमार्गमा सवारी चाप बढ्याे, यात्रा कष्टकर

काठमाडौं । बडादशैंको समापनसँगै उपत्यका फकर्ने यात्रुहरुको संख्या बढेसँगै बिपी राजमार्गमा सवारी चाप बढेको छ । .

बाढीपहिरोका कारण ठाँउठाँउमा क्षतिग्रस्त बनेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ । बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सूचारु गराइएको छ ।

तर डाइभर्सन गरि बनाइएको सडकको अवस्था राम्रो नभएको र केहि स्थानमा एकतर्फी भएका कारण सवारी साधान लामो जाममा पर्ने गरेका छन् । दशैंको अगाडी सडक बगाएपछि सडक डिभिजनले यात्रुहरुको सहजताका लागि छिटो छिटो डाइभर्सन निर्माण गरेको थियो ।

बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण समस्या भएकाले सम्भव भएसम्मको सडक सुधारको काम गरेको सडक डिभिजन भक्तपुरले जनाएको छ ।

सडक सुधारका लागि उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ । केहि दिनमा सवारी चाप क्रमश घट्दै जाने भएकाले त्यसपछि सडकको सुधार र मर्मतको कामलाई थप तीव्रता दिने सडक डिभिजनको भनाइ छ । बाढीपहिरोका कारण बिपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको मुख्य सडक पूर्ण रुपमा क्षति भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर