मीनबहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैन : शंकर पोखरेल – Nepal Press

मीनबहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैन : शंकर पोखरेल

कोहलपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन् । बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन पोखरेलले व्यवसायी मीनबहादुर गुरूङले १० रोपनी १४ आना जग्गा सहयोग गर्न चाहेपछि एमालेले सहर्ष स्वीकार गरेको बताए ।

´उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो । हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ `, पोखरेलले भने ।

मीनबहादुर गुरूङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको उनको जिकिर छ । महासचिव पोखरेलले गुरूङ जोडिएको ललिता निवास प्रकरणसँग एमालेले लगेको कीर्तिपुरको जग्गाको कुनै साइनो नभएको बताए ।

एमालेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलले बताए ।


प्रतिक्रिया

One thought on “मीनबहादुर जोडिएको ललिता निवास प्रकरणसँग कीर्तिपुरको जग्गाको कुनै साइनो छैन : शंकर पोखरेल

  1. लाखौ कार्यकर्ता को रगत पसिनाबाट बनेको एमालेलाई तिमी हरु जस्ता केही दलाल नेताहरू समाप्त पार्ने भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर