बालुवाटार छलफल : ‘सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने सहमति (भिडिओ) – Nepal Press

बालुवाटार छलफल : ‘सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने सहमति (भिडिओ)

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे शीर्ष नेतामाझ सकारात्मक छलफल भएको छ ।

शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन ती आयोग गठनबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले बताए ।

 

बालुवाटार बैठकबाट निस्किँदै उनले भने, ‘आयोग गठन गर्नेबारे छलफल भयो । छलफल सकारात्मक भएको छ । तत्काल सर्च कमिटीलाई पूर्णता दिएर आयोग गठन गर्ने कुरा भएको छ । एक-दुई दिन भित्रमा सर्च कमिटी गठन भएपछि आयोग गठन हुन्छ ।’

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादीबाट शक्ति बस्नेत र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *