उपचुनावको उम्मेदवारमा महिलालाई प्राथमिकता दिन दलहरूलाई आयोगको निर्देशन – Nepal Press

उपचुनावको उम्मेदवारमा महिलालाई प्राथमिकता दिन दलहरूलाई आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा महिलालाई प्राथमिकता दिएर उम्मेदवार बनाउन सबै राजनीतिक दललाई निर्देशन दिएको छ ।

आयोगले नगरपालिकाका प्रमुख वा उपप्रमुख, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्ये बहाल रहेको पदमा पुरुष कार्यरत भए रिक्त पदको उपनिर्वाचनमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दललाई निर्देशन दिएको हो ।

आयोगले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन दिएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार स्थानीय तह निर्वाचन ऐनले राजनीतिक दलले स्थानीय तहका प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिँदा दुई मध्ये एक पदमा महिलालाई उम्मेदवार बनाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । तर दुईमध्ये एक मात्रै पदमा उम्मेदवारी दिँदा त्यस्तो व्यवस्था अनिवार्य हुनुपर्ने कानूनी बाध्यता भने छैन ।

आयोगले कानूनको अष्पष्टता रहेको अवस्थामा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम यस्तो निर्देशन जारी गरेको प्रवक्ता सापकोटाले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *