अग्नि सापकोटाको नेतृत्वमा माओवादीका नेताहरू किन गए चीन ? – Nepal Press

अग्नि सापकोटाको नेतृत्वमा माओवादीका नेताहरू किन गए चीन ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा पार्टीका नेताहरू चीन भ्रमणमा गएका छन् । एक साताको लागि माओवादीका प्रवक्तासमेत रहेका सापकोटाको नेतृत्वमा आइतबार चीन उडेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणमा नेताहरू चीन भ्रमणमा गएको माओवादीको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए ।

उनले भने, ‘भ्रमणको नेतृत्व अग्निजीले गर्नुभएको छ । हाम्रो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू भ्रमण टोलीमा सहभागी हुनुहुन्छ । नगरपालिका उपप्रमुख, पालिकाका अध्यक्ष र उपाध्यक्ष, समन्वय समितिका प्रमुख, वडाध्यक्षहरू पनि सहभागी हुनुहुन्छ ।’

२२ सदस्यीय भ्रमण टोलीमा सबै प्रदेशबाट समेटेर पार्टीले लगेको उनले बताए ।

यसअघि गत जेठमा पनि सापकोटाकै नेतृत्वमा माओवादीका २० नेता १० दिने भ्रमणका लागि चीन गएका थिए । त्यसो त हालैमात्रै पनि यसअघि सत्तारुढ दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू पनि चीन भ्रमण गएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *