उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय पालिकाको केन्द्र र वडाको केन्द्र – Nepal Press

उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय पालिकाको केन्द्र र वडाको केन्द्र

काठमाडौं । स्थानीय तह उपनिर्वाचन, २०८१ को लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकिएको छ ।

आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको हो ।

आयोगका अनुसार उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर