कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक – Nepal Press

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । एमाले र कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकारले आज आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ।

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम बनाउन असोज गठित कार्यदलले बुझाएको न्युनतम साझा कार्यदल सार्वजनिक भएको हो ।

असोज ६ गते प्रदेश सरकारका २ जना मन्त्रीसहित ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

कार्यदलमा एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए ।

कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार गर्न असोज २३ गतेसम्मको समय पाएको थियो कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रम बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्यक्रम पुर्ण रुपमा लागु गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *