केन्पो खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय प्रतियोगिता भोलीबाट हुने – Nepal Press

केन्पो खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय प्रतियोगिता भोलीबाट हुने

कैलाली । कैलालीको घोडाघोडीमा भोलीदेखि नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।

नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घको आयोजनामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष पूर्णप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।

आज घोडाघोडी बहुमुखी क्याम्पसमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै २ र ३ गते हुने चौथो राष्ट्रिय प्रतियोगिताको तयारी भव्य तयारी भइरहेको जानकारी दिए । कात्तिक २ गते उद्घाटन हुने प्रतियोगिता २ सय भन्दा बढी खेलाडी सहभागी हुने जनाइएको छ ।

७७ जिल्लाका ३६५ पालिकामा विस्तार भएको नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घको १६५ वटा डोजो रहेका छन् । यसअघि तीन वटा राष्ट्रिय प्रतियोगिता भव्य भएको भन्दै यो प्रतियोगिता पनि भव्य हुने अध्यक्ष पाण्डेयले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर