विपक्षी दलको बैठकमा रविसहित रास्वपाका आधा दर्जन नेता सहभागी – Nepal Press

विपक्षी दलको बैठकमा रविसहित रास्वपाका आधा दर्जन नेता सहभागी

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक जारी रहेको छ । संसद भवन ल्होत्से हलमा सुरु भएको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मात्रै आधा दर्जन नेताहरु सहभागी छन् ।

रास्वपा सभापति रवि लामिछाने नेतृत्वको टोली बैठकमा भाग लिन पुगेको हो । पार्टीका दुवै उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्ले सहित शिशिर खनाल, सुमना श्रेष्ठ र विराजभक्त श्रेष्ठ बैठकमा उपस्थित छन् ।

सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जि जारी हुन सक्ने हल्ला चलिरहेका बेला पार्टीको बलियो दलबल विपक्षी दलको बैठकमा पुगेको हो ।

वैठकमा नेकपा एसबाट अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पनि सहभागीता रहेको छ । यस्तै, महन्त ठाकुर, प्रभु साह, शक्ति बस्नेत लगायत नेताहरु पनि छन् ।


प्रतिक्रिया

One thought on “विपक्षी दलको बैठकमा रविसहित रास्वपाका आधा दर्जन नेता सहभागी

  1. विपक्षीको बैठकमा सहभागी मन्त्रीलाई खुरूक्क निकाल । चीनसँगको सडक बनाउने र विद्युत व्यापारमा सम्झौता हुन लागेकाले दक्षिणले टट्टुहरू प्रयोग गरेर सरकार गिराउन लागेको अवस्था । काँग्रेसले यतिखेर वुद्वि बिगार्यो भने घाटा एमाले बाहेकलाई मात्र हुने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर