साना दल फुटाउन सरकारले अध्यादेश ल्याए विपक्षी दलहरूले प्रतिवाद गर्ने (भिडिओ) – Nepal Press

साना दल फुटाउन सरकारले अध्यादेश ल्याए विपक्षी दलहरूले प्रतिवाद गर्ने (भिडिओ)

काठमाडौं । सरकार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर साना पार्टीलाई फुटाउने षड्यन्त्र गरिरहेको चर्चाबारे विपक्षी दलको बैठकमा छलफल भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज राखेको बैठकमा साना दललाई कमजोर बनाउन अध्यादेश ल्याएर प्रतिवाद गर्ने निष्कर्ष निकालेको नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।

 

उनले भने, ‘बेलाबेलामा प्रधानमन्त्रीको बोलेको पनि सुन्ने गरिन्छ। दुईवटा पार्टी मात्रै रहनुपर्छ भनेर हामीले संविधान बनाउँदा दुई पार्टी सिस्टमको राज्य व्यवस्था बनाएका थिएनौँ। त्यो संविधानको बर्खिलापमा अध्यादेश ल्याएर साना दलहरूलाई कमजोर बनाउन टुक्राउने भूमिका हुन खोज्दै छ भन्ने चर्चा छ। त्यसको विरोध गर्छौँ।’

साना दललाई फुटाउन अध्यादेश ल्याउन गतिविधिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएर स्वीकार्य नहुने जानकारी गराउने पनि बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर