ओली सरकारले ३ महिनामा कुनै आशा जगाउन सकेन : वर्षमान पुन – Nepal Press

ओली सरकारले ३ महिनामा कुनै आशा जगाउन सकेन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले लय समात्न नसकेको टिप्पणी गरेका छन् । गृहजिल्ला रोल्पामा आयोजित एक कार्यक्रममा बोल्दै सरकारले जनआकांक्ष र भावनाअनुसार काम गर्न नसकेको बताए ।

उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन कायम गर्न भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्नलाई भटाभट कारवाही गर्न थालेपछि अत्तालिएका बिचौलिया तत्त्वले कांग्रेस र एमालेलाई रातारात मिलाएको आरोप लगाए ।

उनले भने, ‘नयाँ सरकार बनेको तीन महिनामा आशा जगाउने काम गर्न सकेको छैन । बिचौलिया तत्त्वहरूले प्रमुख दुई दललाई प्रभावमा पारेर आफ्नो स्वार्थमा सरकार बदल्ने काम गरे । सरकारले कुनै नयाँ उत्साह जगाउन सकेको छैन ।’

प्रमुख प्रतिपक्षीको हैसियतमा आफ्नो दलले राम्रो कामका लागि सहयोग र खराब काम गरे विरोध गर्ने बताए ।


प्रतिक्रिया

One thought on “ओली सरकारले ३ महिनामा कुनै आशा जगाउन सकेन : वर्षमान पुन

  1. किन तिमीहरूले जस्तो सुन तस्करी गरेन भनेर भनेको ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *