नोमन अली एक्लैले ८ विकेट लिएपछि इङ्ल्यान्ड धराशायी, श्रृङ्खलामा फर्कियो पाकिस्तान – Nepal Press

नोमन अली एक्लैले ८ विकेट लिएपछि इङ्ल्यान्ड धराशायी, श्रृङ्खलामा फर्कियो पाकिस्तान

काठमाडौं । दोस्रो इनिङ्समा नोमन अली एक्लैले ८ विकेट लिएपछि पाकिस्तानले जारी टेस्ट श्रृङ्खलाको दोस्रो खेलमा इङ्ल्यान्डलाई १५२ रनले हराएको छ । यो जीतपछि पाकिस्तानले तीन खेलको श्रृङ्खला १-१ को बराबरीमा ल्याएको छ ।

पाकिस्तानको मुल्तानमा भएको खेलमा २९७ रनको लक्ष्य पाएको इङ्ल्यान्ड चौथो दिन १४४ रनमा अलआउट भयो । ३८ वर्षीय स्पीनर अलीले सनसनीपूर्ण प्रदर्शन गरे ।

दोस्रो पालीमा इङ्ल्यान्डका कप्तान बेन स्टोक्सले सर्वाधिक ३७ र ब्रेडन कार्सले २७ रन बनाए । इङ्ल्यान्डले पहिलो पालीमा २९१ रन जोडेको थियो । पाकिस्तानले पहिलो पालीमा ३६६ र दोस्रो पालीमा २२१ रन जोडेको थियो ।

नोमन अलीले पहिलो पालीमा इङ्ल्यान्डको तीन विकेट लिएका थिए । यस्तै साजिद खान एक्लैले ७ विकेट हात पारेका थिए । नोमन अलीले तीन वर्षअघि टेस्ट क्रिकेटमा डेब्यु गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *