छविलाल जोशीमाथि तेस्रो पटक म्याद थप – Nepal Press

छविलाल जोशीमाथि तेस्रो पटक म्याद थप

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशीमाथि अनुसन्धान गर्न २० दिन जिल्ला अदालत कास्कीले अनुमति दिएको छ ।

गत असोज ६ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले जोशीलाई काठमाडौंबाट पक्राउ गरी जहाजमार्फत पोखरा ल्याएको थियो । अदालतले असोज ७ गते पहिलोपटक ५ दिनको म्याद थप गरेको थियो ।

त्यसपछि पुनः ७ दिनको म्याद थप गरेको थियो । बीचमा दशै बिदामा अदालत बन्द भएपछि आज तेस्रो पटक म्याद थप गरिएको हो । १७ गतेदेखि लागू हुने गरी २० दिन म्याद थप गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *