घन्टी बजाउँदै रविले दिए गिरफ्तारी, पार्टी कार्यकर्ताले गरे नारावाजी (भिडिओ) – Nepal Press

घन्टी बजाउँदै रविले दिए गिरफ्तारी, पार्टी कार्यकर्ताले गरे नारावाजी (भिडिओ)

काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्दैगर्दा पार्टी कार्यलयमा कार्यकर्ताले नारावाजी गरेका छन् । पक्राउ पर्नुअघि रविले कार्यकर्ता र सञ्चारकर्मी सानो छोटो सम्बोधन गरेका थिए ।

रविले आफूले कुनै पनि अपराध नगरेको तर राजनीतिक प्रतिसोध साँध्न खोजिएको बताए । न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

आफ्नो सम्बोधनपछि रविले पार्टी कार्यालयमा रहेको घन्टी बजाएर प्रहरीलाई गिरफ्तारी दिए । सीआईबीका एसपी होविन्द्र बोगटीले रविलाई पाखुरामा समातेर लगे ।

त्यसअघि पक्राउ पुर्जीमा हस्ताक्षर गर्दै गर्दा उनले भनेका थिए, ‘जुन हातले यो हस्ताक्षर गरेको छु, त्यही हातले सयौं भ्रष्टाचारीलाई कठघरामा पुर्‍याउने छु ।’

कार्यकर्ताको भिडबाट प्रहरीले रविलाई लगेको थियो । कार्यकर्ताले रविको समर्थन र सरकारको विरोधमा नारावाजी गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उग्र नारावाजी भयो ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

2 thoughts on “घन्टी बजाउँदै रविले दिए गिरफ्तारी, पार्टी कार्यकर्ताले गरे नारावाजी (भिडिओ)

  1. nepal ma kati jole haru chan ..like this .. RK a comment master…..congress ,yemale ra maobadi ka …sabi yeha ravi ko against ma ….choor haru lootna ajai pugeko chaina ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *