नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा गजुरेलको पुनर्नियुक्ति  – Nepal Press

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा गजुरेलको पुनर्नियुक्ति 

काठमाडौं । सरकारले नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेललाई पुनर्नियुक्ति गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पहिलो कार्यकाल पुरा गरेर शनिवारदेखि बिदाइ हुन लागेका गजुरेललाई थप अर्को ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

ती मन्त्रीका अनुसार पुनर्नियुक्ति भएकाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गजुरेलकाे एकल नामको प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *