नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा देवेन्द्र ढुङ्गाना नियुक्त  – Nepal Press

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा देवेन्द्र ढुङ्गाना नियुक्त 

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षमा देवेन्द्र ढुङ्गाना नियुक्त भएका छन् ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ढुङ्गानालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । कम्पनी सञ्चालक समितिका अध्यक्ष ईश्वरीप्रसाद अर्यालले गत साउन १८ गतेदेखि अवकाश लिएपछि कम्पनीको अध्यक्ष पद रिक्त भएको थियो ।

सरकारले १० महिना अघि २०७९ मङ्सिर १९ गतेको निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गरेका सहसचिव अर्याललाई अध्यक्षको जिम्मेवारी दिएको थियो । घिमिरे भन्दा अघि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्ष डा.रवीन्द्र घिमिरे थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *