रवि लामिछानेलाई ३ बजे पोखरा ल्याइयो, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण – Nepal Press

रवि लामिछानेलाई ३ बजे पोखरा ल्याइयो, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ। शुक्रबार साँझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान करिब ३ बजे कास्की प्रहरी कार्यालय ल्याइएको हो ।

रवि ल्याउनुअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यकर्ताको भिड लागेको थियो । रवि पक्राउ परेको विरोधमा रास्वपाले चर्को विरोध गरेका थिए । उनीहरु प्रधानमन्त्रीविरुद्ध समेत नारा लगाए ।

जिल्ला प्रहरी कार्यालय ल्याइएलगत्तै प्रहरीले उनलाई स्वास्थ्य परीक्षण गराउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको थियो ।

जिल्ला अदालत कास्कीले उनीसहित १४ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध र सहकारी ठगीमा मुद्दा चलाउनेछ ।


प्रतिक्रिया

One thought on “रवि लामिछानेलाई ३ बजे पोखरा ल्याइयो, स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण

  1. काँग्रेसका ठगहरूले आफ्नो ठगी लुकाउन रविलाई प्रयोग गरे पनि रविको राजनीति उज्जवल छ । गगनले चुनाव जित्न रविको सहारा लियो अहिले उसैलाई खेद्दै छ किनकी अब गगनको राजनीति सकियो । अब बाख्रा चोर, घडी चोर, केटी लम्पट, पासपोर्ट काण्डवालाहरू र १२ भाइ नामका दलाल, पकेटमाराभन्दा पनि गएगुज्रेकाहरूका दिन सकिए । रविले ओलिलाई गाली गर्नुको कुनै तुक छैन । प्रतिवेदन कार्यान्वयन पुलिसले गर्ने हो । प्रतिवेदनमा रविमाथि छानबिन गर्नुपर्छ भनेर लेखिएकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *