चितवन : प्रहरी हिरासतको शाैचालयमा झुन्डिएको अवस्थामा मृत भेटिए थुनुवा – Nepal Press

चितवन : प्रहरी हिरासतको शाैचालयमा झुन्डिएको अवस्थामा मृत भेटिए थुनुवा

चितवन । इलाका प्रहरी कार्यालय रत्ननगर, चितवनको हिरासत कक्षमा एक जना थुनुवाले आत्महत्या गरेका छन् ।

भारतीय नागरिक ४५ वर्षीय मोहम्मद क्यामोदिनले पुरुष हिरासत कक्षको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान साढे ४ बजेको समयमा उनले आमहत्याको प्रयास गरेका थिए ।

अन्य थुनुवाले थाहा पाएर प्रहरीलाई खबर गरि उपचारको लागि भरतपुर अस्पताल ल्याइएकोमा बिहान ६ बजे भरतपुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन् ।

रत्ननगर नगरपालिका- १३ बाट कात्तिक १ गते मोहम्मद पक्राउ परेका थिए । उनीविरुद्ध मानिसलाई धम्क्याएर अपराधिक लाभ लिएको जाहेरी परेको थियो ।

प्रहरीले पक्राउ गरेकै दिन जिल्ला अदालत चितवनबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रजिअ यादवले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *