रास्वपाका उपलब्ध नेताहरु पोखरामा छलफलमा – Nepal Press

रास्वपाका उपलब्ध नेताहरु पोखरामा छलफलमा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपलब्ध नेताहरु पोखरामा छलफलमा छन् । सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेसँगै पोखरा आएका रास्वपा नेताहरु छलफलमा जुटेका हुन् ।

छलफलमा उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले, डीपी अर्याल तोसिमा कार्की, दीपक बोहरा, शिव नेपाली, हरि ढकाल, बिनितालगायत उपलब्ध केन्द्रीय सदस्य सहभागी भएको रास्वपाले जनाएको छ ।

अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको रास्वपाका एक नेताले बताए ।

रास्वपाले आज ११ बजे पोखरा चिप्लेढुंगामा विरोध प्रदर्शन गर्दैछ । प्रदर्शन चिप्लेढुंगाबाट जिल्ला प्रहरी कार्यालयसम्म पुग्नेछ । प्रदर्शनमा विभिन्न जिल्लाका प्रतिनिधि सहभागी रहेको रास्वपाले जनाएको छ ।


प्रतिक्रिया

One thought on “रास्वपाका उपलब्ध नेताहरु पोखरामा छलफलमा

  1. आन्दोलन सान्दोलन हैन अव या बालख, अब गम्भीर भएन गम खाने र अदालतलाई भरपूर सहयोग गर्ने र कार्यकर्ता र शुभेच्छुकहरूलाई सम्यमित रहन अपिल गर्ने र सभापति पद हाललाई निलम्वन गर्ने अनि का. वा. सभापति चयन गर्ने, कसो घण्टी भाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर