चितवन आएर जनार्दन शर्माले प्रचण्डलाई भने- कम्युनिस्ट एकता गर्न ठूलो छाती बनाउँ – Nepal Press

चितवन आएर जनार्दन शर्माले प्रचण्डलाई भने- कम्युनिस्ट एकता गर्न ठूलो छाती बनाउँ

चितवन । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले चितवन आएर प्रचण्डसँग कम्युनिस्ट आन्दोलनलाई एक बनाएर अघि बढाउन अनुरोध गरेका छन् ।

आज चितवनमा माओवादीका बेपत्ता तत्कालीन नेता दण्डपाणी न्यौपानेको स्मृतिमा आयोजित जनसाँस्कृतिक कार्यक्रममा एउटै मञ्चमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई ‘ठूलो छाती’गरेर समाजवादी कम्युनिस्ट आन्दोलन एक बनाउन अनुरोध गरेका हुन् ।

‘वास्तविक कम्युनिस्ट आन्दोलन एकतावद्ध बनाउन नयाँ ढंगले सोचौँ, ठूलो छाती बनाएर त्याग गरौँ, उपमहासचिव शर्माले भने, ‘ बाबुराम जी, किरण, गोपाल किराँती, विश्वभक्त जी, विप्लव जी सबै माओवादी शक्ति संगठित गरौँ । समाजवादी आन्दोलन एक बनाएर अघि बढौँ ।’

उनले नागरिकलाई अधिकार सम्पन्न बनाउन राजनीतिक परिवर्तनले संभव भएपनि जनजीविकाका सवालमा पनि आफ्नो पार्टीलाई प्रश्न गरिरहेका पनि बताए ।


प्रतिक्रिया

One thought on “चितवन आएर जनार्दन शर्माले प्रचण्डलाई भने- कम्युनिस्ट एकता गर्न ठूलो छाती बनाउँ

  1. दिल्लीका खेतालाहरूको भविष्य छैन अब नेपालमा । जे गरे पनि जनताले चिनिसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *