एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरुबीच एकता हुँदैछ: प्रचण्ड – Nepal Press

एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरुबीच एकता हुँदैछ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी घटकहरुबीचको एकता चाँडै हुने दाबी गरेका छन् ।

चितवनमा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरु एकताबद्ध हुने बताए ।

प्रचण्डले भने, ‘अहिले हामी सबै एकताबद्ध भएर समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको छ । शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरुको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर संघर्ष हुन्छ भन्ने विश्लेषण गरिएको थियो । अहिले त्यो विन्दुमा पुगेका छौं ।’

उनले सबैलाई एकताबद्ध गराएर समाजवादी क्रान्ति पूरा गर्ने बताए ।

पछिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनेलगायतका ऐतिहासिक काम गरिएको प्रचण्डले बताए ।


प्रतिक्रिया

2 thoughts on “एउटै स्कुलिङबाट आएर अहिले विभिन्न भंगालोमा रहेका माओवादीहरुबीच एकता हुँदैछ: प्रचण्ड

  1. जो मिले पनि लुटेरा ठगहरू मिल्दैमा केही हुँदैन । प्रचण्डले आफूलाई ठगेको महशुस गरेर छोडेर हिडेका फेरि मिल्न जानु भनेको केही भाग खान पाएर हो । मिले पनि यिनको मुख्य काम लैनचौरको हण्डी खाएर देश बेच्ने हो ।

  2. नेपालमा बिदेशी त्येशमा पनि भारतको लागि कम्फर्तेबल सरकार बनाउने भारत बाटै पालित, पोषित र प्रशिक्षित माओबादि (प्रचण्डपथ) यौटा भ्रम थियो र अझै छ :: संकट र अब्येवस्था को निरन्तरता अनि देशको बर्बादी तिनको मक्सत हो त्यो प्रस्ट भयो !!
    तल केहि इमान्दार समर्थक छ तर माथिका टाउकाहरु सबै : सुन तस्कर, ठग, असुली गर्ने, मानब बेचबिखनमा लिप्त, भ्रस्ट र अपराधी अनि बिदेशी गुलाम छन् : तिनको मजबुती देशको झन् दुरदसा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर