झापामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु – Nepal Press

झापामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौ । झापामा शनिबार भएको सवारी दुर्घटनाका एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

झापा कमल गाउँपालिका- ५ स्थित रवि पेट्रोल पम्प अगाडि पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र-१-०१-००१ ख ३४३५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका- ७ का पदम मुकारुङ राई रहेको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित स्थानीयले बसमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन् ।

घटनापछि मृतकको शव सडकमै राखेर स्थानीयले विरोध जनाएका थिए, जसका कारण पूर्व पश्चिम राजमार्ग केहीबेर अवरुद्ध भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर