ला लिगा: स्पानियोलविरुद्ध बिल्बाओ विजयी – Nepal Press

ला लिगा: स्पानियोलविरुद्ध बिल्बाओ विजयी

हेटौंडा । स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको पहिलो खेलमा एथलेटिको क्लब बिल्बाओ विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा बिल्बाओले स्पानियोललाई ४-१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा बिल्बाओले खेलको छैटौं मिनेटमा नै पहिलो अग्रता बनाएको थियो । डानी भिविनले गोल गर्दै टीमलाई पहिलो अग्रता दिलाएका थिए ।

पहिलो हाफको २८ र ३० मिनेटमा लगातार दुई गोल गर्दै विलियम्सले बिल्बाओको अग्रता तेब्बर बनाए । पहिलो हाफमा ३-० ले लिड गरेको बिल्बाओले ५५औं मिनेटमा अग्रता थप फराकिलो पारे । एलेक्सले गोल गर्दै टीमलाई ४-० गोलको अवस्थामा लगे ।

बिल्बाओसामु रक्षात्मक बनेको स्पानियोलले खेलको अन्तिममा टेजेरोमार्फत एक गोल गर्‍यो, तर त्यो जीत या बराबरको लागि पर्याप्त भएन र खेल बिल्बाओले ४-१ ले जित्यो ।

जीतपछि बिल्बाओ १० खेलबाट १७ अङ्कसहित लिगको चौथो स्थानमा रहँदा समान खेलबाट १० अङ्कसहित स्पानियोल चौधौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *