छेडेदह गोल्ड कपको छैटौं संस्करण सुरु, विजेताले तीन लाख पाउने – Nepal Press

छेडेदह गोल्ड कपको छैटौं संस्करण सुरु, विजेताले तीन लाख पाउने

कैलाली । छेडेदह गोल्ड कप फुटबल प्रतियोगिताको छैटौं संस्करण आज सुरु भएको छ । प्रदेशसभा सदस्य पदमबहादुर शाहीले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा १३ वटा फुटबल टोलीको सहभागिता रहेको छेडेदह गोल्ड कपका अध्यक्ष लक्ष्मण ओलीले जानकारी दिएका छन् ।

खप्तड छेडेदह गाउँपालिका र छेडेहद स्पोर्टस् क्लबको संयुक्त सहकार्यमा भएको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले दुई लाख, मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोलकर्ता गरी पाँच विधामा थप पुरस्कार दिइनेछ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा हुने खेलमध्ये यो सर्वाधिक धनराशिको प्रतियोगिता हो । खेल क्षेत्रको विकासमा सहयोग गर्न र खप्तड छेडेदह गाउँपालिकाको आटीचौर क्षेत्रलाई खेल नगरीका रुपमा विकास गर्न प्रतियोगितालाई निरन्तरता दिँदै आएको आयोजक कृष्ण ओलीले बताए ।

दर्शद माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता आयोजना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *