एमालेले आइतबार बोलायो सचिवालय बैठक
नेपाल प्रेस
२०८१ कार्तिक ३ गते २०:३६
काठमाडौं । सत्तारूढ दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार अपराह्न ५ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाइएको उपाध्यक्ष पौडेलले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर