आर्सनलको पहिलो हार – Nepal Press

आर्सनलको पहिलो हार

हेटौँडा । नयाँ सिजनको आठौँ चरणमा आइपुग्दा आर्सनलले पहिलो हार बेहोरेको छ । शनिवार राति सम्पन्न इङ्लिस प्रिमियर लिग९इपिएल०को आठौँ चरणको खेलमा आर्सनल बर्नमाउथसँग २-० ले पराजित भएको हो ।

३० औँ मिनेटमा विलियम शालिवाले रातोकार्ड पाएपछि १० खेलाडीमा सीमित हुनुपरेको आर्सनलले दुवै गोल दोस्रो हाफमा खाएको हो । दोस्रो हाफको ७० औँ मिनेटमा घरेलु टिम वर्नमाउथका रायन क्रिष्टीले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

खेलको ७९ औँ मिनेटमा आर्सनलका गोल किपर डेभिन रायले वर्नमाउथका इमनियल्सनलाई लडाएपछि पाएको पेनाल्टीलाई कुलाभाइटले गोल गरेपछि आर्सनलले नयाँ सिजनमा पहिलो हारको अनुभव गर्न पुग्यो ।

पहिलो हारपछि ८ खेलबाट १७ अंक सहित आर्सनल तालिकाको तेस्रो स्थानमा यथावत् छ । वर्नमाउथ ८ खेलबाट १० अङ्क सहित १० औँ स्थानमा छ ।

गएराति नै भएको अन्य खेलहरूमा म्यान्चेस्टर युनाईटेड, लिस्टर सिटी, ब्राइटन, एस्टनभिल्ला र एभर्टनले जित हासिल गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *