किसानले भने- ‘अहिल्यै पार्टी फुट्दैन’ – Nepal Press

किसानले भने- ‘अहिल्यै पार्टी फुट्दैन’

बारा । नेकपा (एस) विभाजनमा सक्रिय भनिएका केन्द्रीय सदस्य तथा बाराबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णबहादुर (किसान) श्रेष्ठले तत्काल पार्टी विभाजनको सम्भावना नरहेको बताएका छन् ।

शनिबार बाराको गढीमाई मन्दिर परिसरमा आयोजित एक कार्यक्रममा श्रेष्ठले उक्त कुरा बताएका हुन् ।

एसका बारा जिल्ला सचिव विक्रम ठाकुरका अनुसार नेता श्रेष्ठले दल विभाजनमा आफू सक्रिय रहेको भनी आफ्नो बदनाम गरिएको भन्दै अहिल्यै पार्टी फुट्ने सम्भावना नरहेको बताए ।

मंसिरदेखि शुरु हुने पाँच वर्षे गढीमाई मेलाको तयारीका निम्ति मन्दिर व्यवस्थापन समितिले शनिबार छलफल कार्यक्रम राखेको थियो ।

मेला तयारी समितिमा नेकपा एसका जिल्ला सचिव ठाकुरसहित कार्यालय सचिव अरुण खनाललगायतका स्थानीय नेता सक्रिय छन् ।


प्रतिक्रिया

One thought on “किसानले भने- ‘अहिल्यै पार्टी फुट्दैन’

  1. अब तिम्रो फुटदा पनि फुटदैन र जुटदा पनि जुटदैन । तिमीहरू अरूको लागि काम गर्ने खेताला हौ । दक्षिणले मुख्य नेतालाई खेताला बनायो । तिमीहरू खानको लागि त्यहि मुख्यको पछि लाग्यौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर