ह्यारी केनको ह्याट्रिकमा बायर्नको जित – Nepal Press

ह्यारी केनको ह्याट्रिकमा बायर्नको जित

हेटौँडा । इङ्लिस खेलाडी ह्यारी केनले ह्याट्रिक गरेपछि जर्मन लिग बुन्डेस लिगामा बायर्न म्युनिखले स्टटगार्टलाई ४-० गोलले पराजित गर्दै लिगको पहिलो स्थानमा उक्लिएको छ ।

शनिवार राति भएको खेलमा केनले ५७,६० र ८० औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । यो वर्ष लयमा देखिएका केनको लागि शनिवार राति थप सुखद बन्यो । बायर्नको लागि अर्को गोल ८९ औँ मिनेटमा कोमनले गोल गर्दै टिमलाई ४-० को जित दिलाए ।

शनिवार राति नै भएका अन्य खेलमा आरबी लेपेज,फिवर्ग, बायर लेभरकुसेन, ब्रोयसिया डर्टमन्ट, होफेनफिमले पनि जित दर्ता गरेका छन् ।

बुन्डेसलिगाको तालिकामा ७ खेलबाट १७ अङ्क सहित पहिलो स्थान हासिल गर्दा समान खेलबाट समान अङ्क सहित गोल अन्तरको आधारमा लेपिज दोस्रो स्थानमा झरेको छ ।

समान खेलबाट १५ अङ्क सहित फिबर्ग तेस्रो स्थानमा हुँदा समान खेलबाट १४ अङ्क सहित चौथो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *