रोमाञ्चक बराबरीपछि नेपाल र अमेरिकाबीचको खेल सुपरओभरमा – Nepal Press

रोमाञ्चक बराबरीपछि नेपाल र अमेरिकाबीचको खेल सुपरओभरमा

काठमाडौं । अमेरिका र नेपालबिचको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा सुपर ओभरमा पुगेको छ ।

नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

अमेरिकालाई जितका लागि अन्तिम बलमा २ रन आवश्यक थियो । तर, अमेरिकन ब्याटर दोस्रो रन लिने क्रममा रन आउट भएका थिए ।

अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *