सोमपालको बलिङले गर्‍यो कमाल, नेपालले जित्यो टी-२० सिरिज – Nepal Press

सोमपालको बलिङले गर्‍यो कमाल, नेपालले जित्यो टी-२० सिरिज

काठमाडौं । नेपालले एक खेलअगावै अमेरिकाविरुद्धको टी-२० सिरिजको उपाधि जितेको छ ।

दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले टी-२० सिरिजको उपाधि जितेको हो । सुपर ओभरमा ३ रनको लक्ष्य पाएको नेपालले २ बल अगावै पूरा गर्‍यो ।

नेपालका कप्तान रोहित पौडेल २ र कुशल भुर्तेल एक रनमा अविजित रहे । सुपर ओभरमा नेपालका सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सोमपालले शानदार प्रदर्शन गरेसँगै अमेरिका २ रनमै रोकिएको थियो। सोमपालले तेस्रो र चौथो बलमा लगातार विकेट लिए । शायन जहाँगीर एक र आरोन जोन्स शुन्य रनमा आउट हुँदा आन्द्रेस गौस एक रनमा अविजित रहेका थिए ।

यसअघि नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका आन्देस गौसले सर्वाधिक ६२ रन जोडे । बलिङमा नेपालमा करण केसीले सर्वाधिक ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनाएको थियो ।

नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाएका हुन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *