कास्की जिल्ला अदालत जाने सडकमा प्रहरीले राख्यो ब्यारियर, रविलाई दिउँसो ल्याइने – Nepal Press

कास्की जिल्ला अदालत जाने सडकमा प्रहरीले राख्यो ब्यारियर, रविलाई दिउँसो ल्याइने

राष्ट्रिय झण्डा बोकेर रास्वपा कार्यकर्ताहरु उत्रिए सडकमा, रविको समर्थनमा नाराबाजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराईंदैछ । उनलाई अस्ति काठमाडौंस्थित रास्वपा प्रधान कार्यालयबाट पक्राउ गरिएको थियो ।

आज दिउँसो रविलाई लैजाने तयारी गरिएकोमा प्रहरीले अहिल्यैबाट अदालत परिसरमा कडाइ गर्न थालेको छ ।

बैदामचोकमा रहेको जिल्ला अदालत जाने सडकको १०० मिटर अगाडि नै ब्यारियर राखेर प्रहरी सवारी अवागमन ठप्प बनाएको त्यहाँ रहेका रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए ।

रास्वपाहरुले प्रदर्शनको तयारी गरिरहँदा प्रहरीले पूर्वसतर्कता अपनाएको हो । रास्वपा नेताहरुले भने प्रदर्शन शान्तिपूर्ण हुने भन्दै निषेध नगर्न प्रहरीलाई आग्रह गरेका छन् ।

बोहराले भने, ‘प्रदर्शन शान्तिपूर्ण हुन्छ । प्रहरीले यसरी आत्तिनुपर्दैन । जनताले स्वतस्फुर्तरुपमा गरेको प्रदर्शनमा अनावश्यक नियन्त्रण गर्न नखोजियोस ।’

रास्वपा कार्यकर्ताहरु भेला हुने क्रम सुरु भइसकेको छ । अहिले जिल्ला अदालतबाट केही पर शहिद चाेकमा  रास्वपा कार्यकर्ताहरुले  नाराबाजी गरिरहेका छन् । उनीहरुले राष्ट्रिय झण्डा बाेकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर