पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश – Nepal Press

पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न पोखरा महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ ।

महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय कास्कीले शहिदचोक आसपासका क्षेत्र पूर्वतर्फ वाई चोक (उत्तरपूर्वतर्फ मिलनचोक), पश्चिमतर्फ फिस्टेल गेट (वैदाम), उत्तरतर्फ मालपोत कार्यालय कास्की र दक्षिणमा मुस्ताङ चोक (दक्षिण पश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाईड) मा निषेधाज्ञा जारी गरिएको हो ।

यस्तै गैह्रापाट आसपासका क्षेत्र पालिखेचोकदेखि नवीन माविसम्मको सडक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।


प्रतिक्रिया

One thought on “पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला नहुन सीडीओको आदेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर