कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित, ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या ७० प्रतिशत – Nepal Press

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित, ग्रेड प्राप्त गर्ने विद्यार्थीको संख्या ७० प्रतिशत

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ २५ र २६ गते लिएको पूरक परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

एक लाख २२ हजार १७१ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएकामा तीमध्ये ७०.६० प्रतिशतले ग्रेड प्राप्त गरेका हुन् ।

बोर्डका अनुसार दुई जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने दुई जनाको परीक्षाफल स्थगित गरिएको छ ।

कक्षा १२ को मौका परीक्षामा सहभागी भई प्रत्येक विषयको सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड प्राप्त गरेका परीक्षार्थीले नतिजा प्रकाशन भएको मितिले ७ दिनपछि ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिजनल र पूरक प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *