राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन अर्थमन्त्रीको निर्देशन – Nepal Press

राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालय अब व्यवसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने भएको छ ।

अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यवसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताए ।

अर्थमन्त्री पौडेलले राजस्व स‌ंकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिएका छन् ।

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यवसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए ।

बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर