देवीले सरुवा मागेपछि सोलुखुम्बुका सिडिओ फेरिए – Nepal Press

देवीले सरुवा मागेपछि सोलुखुम्बुका सिडिओ फेरिए

काठमाडौं । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् ।

गृह मन्त्रालयले शुक्रबार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेलाई मन्त्रालयमा तानेर इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनुज घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो ।

पाण्डेले सोलुखुम्बुमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएको कात्तिक २२ गते एक वर्ष पुग्दै थियो । पाण्डे स्वयमले नै मन्त्रालयमा आफूलाई सोलुखुम्बुबाट तिहार अघि जसरी पनि सरुवा गरिदिन आग्रह गरेकी थिइन् ।

घिमिरे करिव १६ महिनादेखि अर्थात २०८० असार ६ गतेदेखि ईलाका प्रशासन कार्यालय, धरान, सुनसरीमा कार्यालय प्रमुख थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *