प्रहरीद्वारा अश्रुग्यास प्रहार, प्रदर्शनकारी तितरवितर – Nepal Press
तनावग्रस्त पोखरा

प्रहरीद्वारा अश्रुग्यास प्रहार, प्रदर्शनकारी तितरवितर

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

रास्वपा कार्यकर्ताहरूले निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि प्रहरीले सुरूमा पानीको फोहोरा हानेको थियो । तर, प्रदर्शनकारी टसमस नभएपछि अश्रुग्यास प्रहार गरिएको छ ।

त्यसक्रममा रविका समर्थक र सुरक्षाकर्मीबीच ठेलमठेलसमेत भएको थियो । अश्रुग्यास प्रहारपछि अहिले प्रदर्शनकारी तितरबितर भएका छन् ।

महानगर क्षेत्रमा प्रदर्शन, जुलुस, हुलदङ्गा तथा झडपका कारण प्रतिकुल अवस्था सिर्जना हुनसक्ने भन्दै कास्कीका सीडीओले निषेधाज्ञा जारी गरेका छन् ।

रविलाई म्याद थपका लागि अदालत प्रवेश गराइएको छ ।

प्रदर्शन भइरहेको शहीद चोकमा जनपथ र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *