यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका २३ निर्णय (सूचीसहित) – Nepal Press

यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका २३ निर्णय (सूचीसहित)

काठमाडौं । शुक्रबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् आइतबार ती निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम नेपाल सरकारको तर्फबाट कतार सरकारलाई उपहार स्वरुप चितवन राष्ट्रिय निकुञ्जको हात्तिसारमा रहेका एक जोडी हात्ती उपलब्ध गराउने निर्णय गरेको छ । भने सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय प्राकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको छ ।

त्यस्तै नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन एवम विश्लेषण गरी सुरक्षित, भरपर्दो र विश्वसनीय नागरीक उड्डयन प्रणालीको विकास गर्न एक उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने र समितिको कार्यशर्त स्वीकृत गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन समिति तथा सुझाव समिति गठन भएको हो ।

समितिको सदस्यमा हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह, हवाई सेवा सञ्चालन तथा गुणस्तर व्यवस्थापन विज्ञ रिवाजप्रसाद प्रधान र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर