जग्गादानबारे असहमति राख्ने विन्दा पाण्डेसहितलाई एमालेले स्पष्टीकरण सोध्ने (भिडिओ) – Nepal Press

जग्गादानबारे असहमति राख्ने विन्दा पाण्डेसहितलाई एमालेले स्पष्टीकरण सोध्ने (भिडिओ)

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको आधिकारिक निर्णयविपरीत अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ ।

पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

जग्गादानको विषयमा स्वार्थको द्वन्द्व उत्पन्न हुने कुनै कारण नरहेको एमालेले स्पष्ट पारेको छ । महासचिव पोखरेलले भूकम्पबाट पार्टीको कार्यालय क्षतिग्रस्त भएको अवस्थामा कुनै व्यक्तिले सहयोग गर्छु भनेमा त्यो अन्यथा नहुने बताए । यसलाई कानूनी प्रक्रियाबाट सम्वोधन गरिने पनि उनको भनाइ छ ।

‘उहाँले दान गर्ने कुरा गर्नुभएको छ । दानको प्रक्रियामा रहेकाले यसलाई हामी कानूनी प्रक्रियाद्वारा समाधान गछौं’, पोखरेलले भने ।


प्रतिक्रिया

4 thoughts on “जग्गादानबारे असहमति राख्ने विन्दा पाण्डेसहितलाई एमालेले स्पष्टीकरण सोध्ने (भिडिओ)

  1. स्पष्टीकरण सोध्ने मात्र होईन पार्टीबाटै गलहत्याउ । भिम रावल एमालेले जे गरे पनि विरोध गर्न तयार भएर बसेको छ । उ पक्का पनि एमाले विगार्न अरूद्वारा परिचालित शिखण्डी हो । यस्तालाई पार्टीमा राख्ने कामै छैन । यसभन्दा अघि पटक पटक पार्टी हित विरूद्व बोलेको विषयहरू समेत थपेर १ दिन पनि एमालेमा नराख । घोक्राएर निकाल किनकी यसले एमाले बनाउने कुरा त धेरै परको एमाले हुँ भन्दै एमाले विगार्न हिडेको छ । छानबिन गर पत्ता लाग्छ यो दक्षिणको एजेण्ट हुनसक्छ । वृन्दा पाण्डे पनि पटक पटक पार्टीको निर्णय विपरित बाहिर अभिव्यक्ति दिएर एमाले कमजोर बनाउने खेलमा हिडेको पात्र हो । योगदान केही छैन खाली विरोध गरेर पार्टीलाई विरोधीले आक्रमण गर्ने प्लेटफर्म बनाईदिने एमाले विरोधी पात्र हो वृन्दा पाण्डे । त्यसैले सख्त कारवाही गर । उषा किरण जे भनेर भए पनि अहिलेको नेतृत्वलाई खसाल्न पाए आमालाई पार्टी नेतृत्वमा ल्याएर मोज गरौंला भनेर हिडेको हुनुपर्छ । पार्टीको राम्रो कुरामा कतै नबोलेको पात्र अहिले जग्गा प्रकरणमा किन प्यारप्यार ? विद्या भण्डारीलाई दुईदुई पटक राष्ट्रपति खाईसकेपछि पनि अध्यक्ष खाएर प्रधानमन्त्री हुने चरम पदलोलुपतामा सहयोग गर्ने मिसनमा उषा हुनुपर्छ । यिनलाई पनि अब आईन्दा बोलेमा गलहत्याउने चेतावनी दिउँ । विद्याले फेरि पार्टी राजनीतिमा आउन खोजेको देख्दा चकित छु म त । यदि उनी आईन भने म सबैभन्दा ठूलो एमाले विरोधी र विद्या विरोधी हुनेछु । चरम पदलोलुपता ।

    1. उषाकिरण नुवाकोटबाट केन्द्रीय सदस्य । विद्याको नाता नभएकोले सच्चयाईएको छ ।

  2. अनि पार्टीको नेतृत्व विरुद्ध बोल्न नै नपाउने तानाशाही नबनौ
    फरक बिचार को पनि सम्मान गरौ है

    1. बहुमतको निर्णय मान्ने र फरक विचार पार्टीको ओैपचारिक कमिटी बैठकमा राख्ने । फरक विचारको नाममा बाहिर तथानाम भन्दै विपक्षीलाई क्याबात भनेर तिघ्रा पिटन दिने पनि त हैन होला नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *