न्युजिल्याण्डलाई महिला विश्वकप क्रिकेटको उपाधि – Nepal Press

न्युजिल्याण्डलाई महिला विश्वकप क्रिकेटको उपाधि

काठमाडौं । महिला टी-२० विश्वकप क्रिकेटको उपाधि न्युजिल्याण्डले जितेको छ ।

दक्षिण अफ्रिकालाई ३२ रन हराउँदै न्युजिल्याण्डले उपाधि जितेको हो ।

दुबईमा भएको फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

जवाफमा दक्षिण अफ्रिकाले ९ विकेटको क्षतिमा १२६ रन मात्र बनाउन सक्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *