पार्टीले स्पष्टीकरण सोधेपछि विन्दा पाण्डेको टिप्पणी- करोड दिनेले अर्ब फिर्ता गर्ने सोच राखेकै हुन्छ – Nepal Press

पार्टीले स्पष्टीकरण सोधेपछि विन्दा पाण्डेको टिप्पणी- करोड दिनेले अर्ब फिर्ता गर्ने सोच राखेकै हुन्छ

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य विन्दा पाण्डेले पार्टीलाई करोड दिने अर्ब फिर्ता गर्ने सोच राखेको हुने बताएकी छन् । व्यवसायी मीनबहादुर गुरुङसँग भवन बनाउन जग्गादान लिएको विरोध गर्दा पार्टीले स्पष्टीकरण सोधेपछि उनले परिवर्तनका वाहक श्रमजीवी जनता भएको बताएकी छन् ।

उनले भनेकी छन्, ‘तुल्सीलाल अमात्यले आफूनो पुस्तक बुद्ध, बुद्धत्व र बुद्ध दर्शनमा लेनिनको भनाइलाई उद्धृत गर्दै लेख्नुभएकोछ, शोषक वर्गले दिएका लाख रूपैयाँले हामीलाई कमजोर बनाउँछ । तर, मेहनकस जनताले दिएको एक/एक पैसाले हाम्रो शक्ति बढाउँदछ । अमात्य, २०७८) नेकपा माले पार्टी मेहनतकस जनताको त्यही शक्तिमा बनेको थियो । ती श्रमजीवी कहाँ छन् ? पार्टीको गणनामा पर्न छाडेका छन् ।’

उनले अहिले पार्टीलाई आवश्यकता पर्दा लाखौं होइन, करोडौं बोकेर आउनेहरू भेटिन थालेको टिप्पणी गरेकी छन् ।

उनले थपेकी छन्, ‘तर, बुझ्नुपर्छ जसले लाख दिन्छ, करोडको अपेक्षा राखेको हुन्छ । जसले करोड दिन्छ, उसले अरब फिर्ता गर्ने सोच राखेकै हुन्छ । तर ती पैसामा जम्मा गरेर रूपैयाँमा सहयोग गर्ने श्रमिक वर्गले त्यस बापत सुशासन अपेक्षा गरेका थिए । नागरिकले सम्मानपुर्वक श्रम गरी खान पाउने, हरेक सन्तानले असल शिक्षा र बिरामी हुँदा सहज उपचारको अपेक्षा गरेका थिए । जुन सामूहिक र सामाजिक हुन्छ । त्यो हामीले कति पूरा गर्न सक्यौं ? कति प्रयत्न गर्‍यौं ? आजको अहम प्रश्न हो ।’

हिजो बसेको एमाले सचिवालय बैठकले नेतृ पाण्डेसहित नेताद्वय भीम रावल र उषाकिरण तिम्सेनालाई पार्टीको निर्णयविपरित अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको थियो ।

उनले व्ययसायीसँग जग्गा दान लिँदा साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गरेको बताएकी थिइन् ।

पार्टीको निर्णायक तहमा छलफल समेत नगरी गरेको यो र्णय दिर्घकालमा आत्मघाती सावित हुने उनको भनाइ थियो । उनले यो निर्णयबाट फिर्ता हुने पार्टी नेतृत्वलाई सोध्न आग्रह गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर