नेपाललाई बराबरीमा रोकेको भुटानको श्रीलंकामाथि ४-१ गोलको जित – Nepal Press

नेपाललाई बराबरीमा रोकेको भुटानको श्रीलंकामाथि ४-१ गोलको जित

काठमाडौं । नेपालमा जारी साफ महिला फुटबल च्याम्पियनसिपअन्तर्गत भुटानले सोमबार श्रीलंकालाई ४-१ गोलले हराएको छ ।

दशरथ रंगशालामा भएको खेलमा भुटानका लागि देकी लाजोमले दुई तथा नाम्गेल डेमा र दोर्जी इदोनले एक एक गोल गरे । भुटानले पहिलो खेलमा नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो ।

देकीले ८ औँ मिनेटमा अग्रता दिलाएकी थिइन् । २२ औँ मिनेटमा श्रीलंकाले खेल बराबरीमा ल्याएपनि भुटानले पहिलो हाफमै अग्रता लिएको थियो ।

मध्यान्तरपछि उसले दुई गोल थप्यो । प्रतियोगिताअन्तर्गत सोमबार साँझ हुने खेलमा नेपालले मालदिभ्ससँग खेल्ने छ ।

पहिलो खेलमा मालदिभ्सले श्रीलंकासँग १-० गोलको हार व्यहोरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *