गण्डकीका वनमन्त्री भेषबहादुरले लिए शपथ – Nepal Press

गण्डकीका वनमन्त्री भेषबहादुरले लिए शपथ

पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । पौडेललाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन् ।

केही बेरअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लमजुङका पौडेललाई वनमन्त्री नियुक्त गरेका थिए । वरियतामा असन्तुष्टि जनाउँदै दीपक मनाङेले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली थियो ।

भेषबहादुर कांग्रेस वरिष्ठ नेता शेखर कोइराला निकटका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर