बेलायतबाट हर्क साम्पाङको चेतावनी- म अदालतले बनाइदिएको मेयर होइन, धेरै रडाको नमच्चाउनू (भिडिओ) – Nepal Press

बेलायतबाट हर्क साम्पाङको चेतावनी- म अदालतले बनाइदिएको मेयर होइन, धेरै रडाको नमच्चाउनू (भिडिओ)

विराटनगर । मामा ससुरा वडाध्यक्षलाई कार्यवाहक छाडेर सपरिवार लन्डन पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अदालतको आदेशसमेतलाई चुनौती दिएका छन् ।

फेसबुकमा स्टाटस र भिडिओमा उनले आफूलाई अदालतले नभई जनताले मेयर बनाएको बताएका छन् । कसलाई कार्यवाहक दिने या नदिने सबै अधिकार आफूमा हुने भन्दै साम्पाङले रडाको नमच्चाउनू भन्दै चेतावनीसमेत दिएका छन् ।

उच्च अदालत विराटनगरले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र फागोलाई कावा दिने साम्पाङको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

आफूले नागरिकको मताधिकारका आधारमा वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएको उनको जिकिर छ ।

उनको भनाइ छ, ‘मैले जसलाई अधिकार दिएको छु उही कार्यवाहाक हो । केही हल्ला नगर । मलाई कुनै अदालतले चुनेको होइन ! लोकतन्त्रमा सार्वभौम नेपाली नागरिकको शासन गर्ने अधिकार मताधिकारले चुनेको हो ! म ५ वर्षसम्म धरानको प्रमुख हुँ जुन जनताले बनाउनुभएको हो ! मैले नागरिकले दिएको अधिकार दिएर ११ नं को अध्यक्षलाई कार्यवाहक छोडेको छु ! मैले जसलाई अधिकार दिएँ उही हो कार्यवाहक ! केही हल्ला नगर !’

‘मुख छाड्नु नपरोस् ! धरानको विकासको लागि म दुई दिन यूके आउँदा बद्नाम गर्दै नबस है’, हर्कले लेखेका छन् ।

भिडिओमा बोल्दै उनले अदालतले स्टे अर्डर जारी भए पनि आफूले कार्यवाहक तोकेको व्यक्ति नै धरानको कार्यवाहक मेयर भएको दाबी गरेका छन् ।


प्रतिक्रिया

4 thoughts on “बेलायतबाट हर्क साम्पाङको चेतावनी- म अदालतले बनाइदिएको मेयर होइन, धेरै रडाको नमच्चाउनू (भिडिओ)

  1. sahi kura ho ke adalat..ko ho adalat …..paty ko jhole ko sagathan hoina ra? …..yo ganatantra le ta barbad nai garyo ….choor haruro matrai suvalav …ke ho chala …kaile huncha nepal ko Bikash …

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर